Saturday, October 1

सत्ता घुमीफिरी ओलीकै भागमा, प्रचण्ड र माधवले भने अव छुट्टिने दिन आयो !

काठमाडौं । सत्ता गठबन्धन भत्किने सम्भावना बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बाहिरिए नेकपा एमालेले सरकारलाई समर्थन गर्ने बचन दिएको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बाहिरबाट समर्थन गरिदिने आश्वासन दिएको एमालेकै एक नेताले बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई यसबारे जानकारी पठाइसकेको ति नेताले बताए ।

माओवादी केन्द्रले बुधबार नै एमसीसी जबर्जस्ती अघि बढाउन खोजेमा सरकार छाड्ने निर्णय गरेको थियो । सत्तारुढ गठबन्धनमै रहेको दोस्रो घटक माओवादीले सडकमा आक्रोश पनि पोखिसकेको छ ।

माओवादी दोहोरो भूमिकामा देखिएको छ । सरकारमा पनि बस्ने र सडकमा प्रदर्शन गर्ने । बिहीवार र शुक्रवार बसेको गठबन्धन बैठक पनि एमसीसीमा ठोस निर्णय नबनाइ सकियो ।

बालुवाटार स्रोतका अनुसार, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिनुअघि प्रधानमन्त्री देउवासमक्ष भने, `अब कुरो मिलेन।

आइतवार फेरि गठबन्धनको बैठक बसी सल्लाहमै हार्दिकतापूर्वक छुट्टिउँला।´माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन जोगाउन अन्तिमसम्म लागिपर्ने देखिएको छ ।

चुनावपछि मात्र एमसीसी पारित गरे हुने भन्दै समयावधि पुनः बढाएमा बाहेक सत्ता–गठबन्धन जोगिने सम्भावना कम देखिन्छ। त्यस हिसाबले हेर्दा सत्ता गठबन्धन निकै जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन सञ्चालन गर्न निकै सिपालु रहेकाले एमाले नेताहरू अझै पनि गठबन्धन टुटिहाल्यो भन्ने भन्ने अवस्थामा नपुगेको बताउँछन् । बिहीवार राति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बैठक बसेको थियो ।

ओलीले देउवालाई गठबन्धन तोडेर आउन सुझाव दिए । देउवाले एमसीसी अनुमोदन गर्न सहयोग मागे । तर ओलीले गठबन्धन जिवित रहेसम्म सहयोग गर्न नसकिने स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले अमेरिकी दबाबको अगाडि माओवादी अध्यक्ष प्रचण्डले भनेको मानिहाल्लान् भन्ने अनुमानचाहिँ गर्न सकिँदैन । त्यसैले एमसीसीको खेलमा आफूलाई तटस्थ राखेको दाबी गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली पुनः राजनीतिको केन्द्रमा आइपुग्ने सम्भावना बढेको छ।

प्रचण्ड र नेपाललाई सत्ताबाट बाहिर निकालेर ९८ सिट भएको एमालेको समर्थनमा ६३ सिटमात्र भएको देउवालाई प्रधानमन्त्रीमा टिकाइराख्ने खेल ओलीको तटस्थताभित्र लुकेको छ । कांग्रेसका दुई प्रतिनिधिसभा सदस्य निलम्बनमा छन् ।

गठबन्धन भत्किए ओलीनै निर्णायक पात्र हुनेछन् । सत्ता घुमीफिरी ओलीकै भागमा आउन सक्ने पनि अनुमान लगाउन सकिन्छ ।ओली देउवा मिलेर संयुक्त सरकार बनाउन सक्ने पनि देखिएको छ । गठबन्धन्को बैठक आइतवार बस्दै छ ।

बैठकबाट पनि एमसीसीबारे ठोस निर्णय ननिस्के गठबन्धन तोड्न देउवा नै अग्रसर हुने बुझिएको छ । शुक्रवारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले संयुक्त धारणा नबने गठबन्धनमा बस्नुको कुनै अर्थ नहुने स्पष्ट पारिसकेका छन् ।

उनले कांग्रेस दोहोरो भूमिकामा नदेखिने बताए । चुनावपछि एमसीसीमा निर्णय लिने माओवादी र समाजवादीको कुरा बक्वास रहेको उनले संकेत गरे । उनले प्रश्न गरे, `अहिले रास्ट्रघाती हुने एमसीसी चुनावपछि के हुन्छ ।´

गठबन्धनमा पनि बस्ने सरकारको कुरा पनि नमान्ने प्रवृत्तिबाट कांग्रेसका नेता माओवादी र समाजवादीसँग रुष्ट बनेका छन् । उनीहरुले एमसीसीलाई निकास दिनका लागि गठबन्धन तोड्नुपर्ने सुझाव देउवालाई दिइसकेका छन् ।

कांग्रेसका नेताहरू एमसीसी अनुमोदन हुनुपर्नेमा एकढिक्का छन् । कांग्रेसका शीर्ष नेताहरू नै गठबन्धन जुनसुकै समयमा टुट्न सक्ने स्वीकार्छन् ।

देउवाले पनि ओलीलाई फकाउने प्रयास जारी राखेका छन् । आफू नै पत्नि आर्जु राणालाई लिएर बालकोट पुगेका देउवा एमसीसी अनुमोदनका लागि जस्तोसुकै मुल्य चुकाउनुपरे पनि पछि नहट्ने छर्लङ छ ।

देउवा कम्मर कसेर एमसीसी अनुमोदन गर्न लागि परेका छन् । नयाँ गठबन्धन बने वर्तमान गठबन्धन टुट्ने पक्कापक्की छ । नेपाल खोज बाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!