Tuesday, October 4

एमालेको अन्तरपार्टी निर्देशन– २ के–के छन् निर्णय ? (पूर्णपाठसहित)

काठमाडौं फाल्गुन ५

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गत माघ १९ मा बसेको केन्द्रीय सचिवालयको
तेस्रो बैठकका निष्कर्ष र निर्णयहरू जानकारी तथा कार्यान्वयनको लागि यो अन्तरपार्टी निर्देशन–२ जारी भएको छ ।

बैठकले प्रदेश अधिवेशन, पार्टी नियमावली, जनसंगठनका अधिवेशन र जनसंगठन समन्वयसम्बन्धी निर्देशिका, स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थानीय तहको निर्वाचन र प्रशिक्षण, विभाग सञ्चालन र गठनसम्बन्धी विषय, संगठन विभागको सदस्यता अद्यावधिक गर्ने लगायतका निर्णय गरेको थियो ।

एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । उनले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका हुन् ।

‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ देउवाले भने, ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ।

आज गठबन्धन टुट्नसक्ने प्रचण्ड चिन्तित

कुनै चमत्कार भएमात्र सत्ता गठबन्धन जोगिने भएको छ । आज साँझ ५ बजे गठबन्धनको बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले कठोर निर्णय लिने बुझिएको छ ।

देउवाले एमसीसी पारित गर्न साथ दिने या नदिने भनेर गठबन्धनका नेताहरुसँग छलफल गरेपछि कदम चाल्ने बुझिएको छ । उनले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर छलफल गरेका छन् ।

प्रचण्डले एमसीसी पारित गर्ने पक्षमा जान नसकिने स्पष्ट पारिसकेका छन् । देउवाले टेबल गर्न सम्म सभामुख अग्निप्रसाद सापकोटालाई मनाउन भन्दा आफूले भनेर नलाग्ने जवाफ दिएको विश्वस्त स्रोतले बताएको छ ।

देउवानिकटस्थहरुले प्रचण्डले अलमलाउँदै लगेको र रणनीतिक दाउपेच गरिरहेको भन्दै विकल्पमा जानुपर्नेमा जोड दिन थालेका छन् । तर, देउवा अझै गठबन्धन जोगाउने प्रयासमा छन् । आज अन्तिम प्रयास गर्ने नभए एमसीसीमा अगाडि बढ्ने उनको रणनीति देखिन थालेको छ ।

देउवाले एमसीसी अगाडि बढाउने निर्णयबाट पछि नहटे माओवादी र नेकपा एसले सरकार छाड्ने भएका छन् । तर, देउवा पछि हट्ने सम्भावना देखिदैन ।

उनका सामु एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेर नयाँ गठबन्धन बनाउने विकल्प छ । ओलीले पनि एमसीसीमा निर्णायक शक्ति बनेर राजनीतिक लेनदेनको कुरा गर्न थालेका छन् ।

ओली आफै प्रधानमन्त्री बन्नसक्ने अवसर देख्न थालेका छन् । एमसीसीमा उनको बार्गेनिङ पावर बढ्दै गएको छ । त्यसका लागि उनले देउवा र प्रचण्ड जोसँग पनि सहमति गर्न सक्ने अवस्था विकास भएको छ ।

देउवासँग मिल्ने सम्भावना बढेर गएको छ तर ओलीले लिने निर्णय फरक पनि हुनसक्छ । जे होस् यसपटक गठबन्धन भने आजै टुट्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!