Friday, September 23

राप्रपाको प्रवक्तामा ज्ञानेन्द्र शाही

काठमाडौं ।

ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ ।

मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले फागुन ६ गते राप्रपा र शाही नेतृत्वको अभियानबीच एकता घोषणा हुने बताए ।

राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्न महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

सो वार्ता समितिले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्न प्रस्ताव गरेको थियो ।

स्रोतका अनुसार एकतापछि शाही राप्रपाको प्रवक्ता बन्नेछन् ।

कैयौँ काण्डमा फसेका चोलेन्द्रको पक्षमा किन लागे लिङदेन ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ।

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रस्ट्याएको हो।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए। बैठकले न्यायालय राजनीतिक दलहरूकै दबाब, प्रभाव, हस्तक्षेप र भागबण्डाका कारण धरासायी भएको राप्रपाको बुझाइ छ।

राप्रपाले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल, हाम्रो नेपाली अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय पनि गरेको छ।

समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव बैठकमा राखेको थियो। सोही प्रस्ताव अनुमोदन गरिएको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए।

जबरा कैयौँ काण्डमा दोषी देखिएको भन्दै सम्पत्ति सुद्धिकरण विभागमा समेत उजुरी परेको छ भने उनले गरेका कैयौँ विवादित फैसलाहरू बारे खुलासा भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!