Monday, September 19

भोलिको बैठकमा एमसीसी पेस गर्ने कुरा छ : शशांक

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बुधबारको संसद बैठकमा एमसीसी पेश हुने सम्भावना रहेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमहामन्त्री कोइरालाले एमसीसी पारित गर्ने विषयमा छलफल भइरहेको बताए ।

‘एमसीसीबारे हामीले छलफल गरेका छौं । एमसीसीको सफल कार्यान्वयनबारे डा. रामशरण महतले सबैलाई जानकारी गराउनुभएको छ ।

सम्भवतः भोलीको संसद बैठकमा एमसीसी पेश गर्नेगरी तयारी हुँदैछ’, कोइरालाले भने । उनले कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रष्ट रहेको भन्दै एमसीसी लागू भएका कुनैपनि देशमा अमेरिकी सेना प्रवेश नगरेको बताए ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्न आमन्त्रण गरिएका पूर्वमन्त्री महतले एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप नहुने दाबी गरेका हुन् ।

बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै डा. महतले इण्डो प्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नभएको दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!