Saturday, September 24

५० लाख माग्दा आलेले वास्ता नगरेपछि सार्वजनिक गरियो अडियो

सामाजिक सञ्जालमा हिजो रातिदेखि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले भारतमा रहेका जगत ओली नामका एक व्यक्तिलाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको अडियो भाइरल बनेको छ ।

अडियोमा आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर आलेले गालिगलौजमा गरेका छन् । अडियोमा सुनिएअनुसार उनले ती नेपालीलाई अपहरण गर्ने सम्मको धम्की दिएका छन् ।

तर करीब एक वर्षअघि भएको उक्त संवादलाई ओलीले बार्गेनिङको टूल बनाएको खुल्ने एक स्क्रीनसट पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत बाहिरिएको छ ।

Dr Baba A’neal Che नामको युजर आइडी भएका एक व्यक्तिले ट्वीटरमा ओलीले आलेसँग बार्गेनिङ गरेको म्यासेजको स्क्रीन सट पोस्ट गरेका छन् ।

उनले नेपाल प्रहरीलाई मेन्सन गर्दै भनेका छन्, ‘ ए @NepalPoliceHQ मन्त्री आलेको अडियो सार्वजनिक गर्ने मान्छेले यो सम्म गरेको रहेछ ।

स्रोतले यो स्क्रिनसट पठायो । लु अब तु का तु मान्छे झिकाउ । यसरी ब्ल्याकमेल गर्न पाइन्न । नेपालमा कानुन छ भन्ने देखाउ ।’

त्यस्तै सार्वजनिक भएको अर्को स्क्रीन सटमा आलेले ओलीलाई पटक-पटक भिडियो कल गरेको देखिन्छ । जवाफमा ओलीले ‘केही थियो कि ‘ भनेका छन् ।

त्यसपछि ओलीले एकपटक ६ सेकेन्ड जवाफी कल गरेका छन् भने अर्को पटक २ मिनेट ४० सेकेन्ड कल गरेका छन् ।

कलपछि ओलीले आलेलाई ‘हेर्दै जा’ भनेर धम्कीपूर्ण म्यासेजसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
2
+1
16
+1
3
+1
7
+1
5
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!