Tuesday, September 20

आलेलाई नैतिकताको आधारमा राजीनामा दिन आफ्नै पार्टीको दवाव, परामर्श गर्दै

काठमाडौं।

पर्यटन जस्तो सभ्यतासँग जोडिएको मन्त्रालय सम्हालेका प्रेम आलेले सुन्नै नसकिने अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएको छ ।

अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मन्त्री आलेको चर्को आलोचना भैरहेको छ ।

मन्त्री जस्तो पदमा बसेका आलेलाई नैतिकताको आधारमा राजीनामा गर्न दवाव परेको छ ।

एकीकृत समाजवादीकै नेताहरूले उनलाई नैतिकताको आधारमा राजीनामा दिन दवाव दिएपछि आले परामर्श गरिरहेको बताइएको छ ।

आले निकट स्रोतका अनुसार अडियो सार्वजनिक भएपछि उनी तनावमा छन् । बिहानैदेखी उनी परामर्शमा जुटेका छन् ।

‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामाको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने (अपहरण) गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ ।

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत् एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्रराजिनामाको माग उठेको छ ।

एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानुनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा (एस) का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौँ उहाँहरू जनता, समाज र कानुनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ ?’

एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । यो संवाद एमाले कार्यकर्ता जगत ओलीको फेसबुकबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!