Saturday, October 1

मन्त्री आलेले अश्लिल बोलेको अडियोः कारबाही गर्न माग

काठमाडौं।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियो सार्वजनिक भएको छ । अश्लिल अडियोको सत्यताबारे भने आलेले केही बोल्नुभएको छैन ।

आलेको अडियो सार्वजनिक भएलगत्तै कारबाही गर्न माग भएको छ ।

एमाले सचेतक शान्ता चौधरीले भन्नुभएको छ, ‘हद नाघेर अश्लिल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’

एमाले नेतृ एवं सांसद भगवती चौधरीलगायतले पनि आलेलाई कारबाही गर्न माग गर्नुभएको छ ।

दुई मिनेट २५ सेकेन्डकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। युवकलाई किन टिप्पणी गरेको भन्दै मन्त्री आलेले अपहरणकाे धम्कीसँगै पटकपटक अपशब्दसहित गालीगलौज गरेकाे प्रष्टै सुन्न सकिन्छ।

मन्त्री आले सोध्छन्, ‘कहाँ हुनुहुन्छ तपाई?’

युवकको तत्कालै जवाफ आउछ, ‘म इन्डियातिर छु।’

मन्त्री फेरि उनीमाथि प्रश्न गर्छन्, ‘तपाईको त्यो कमेन्ट हेरेँ मैले। के लेखेको त्यस्तो?’

युवकको जवाफ हुन्छ, ‘हैन हजुर हामीले पनि यस्तो आश गरेको थिएनौं, के गर्नु?’

आले फेरि प्रश्न गर्छन्, ‘कस्तो आश?’

युवक भन्छन्, ‘तपाईबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के।’

लगतै मन्त्री आले आक्रोशित हुँदै धम्कीसहित अस्लील गालीगलौज गर्न थाल्छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!