Monday, September 26

मुसिकोटमा एकै विद्यालयका ३ जना शिक्षकमा कोरोना पुष्टी भए पछी विद्यालय वन्द !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २ फागुन २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ३ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ४ जनाको आज मुसिकोटका विभिन्न स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका ३ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको  परिक्षण गरिएको हो । आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. ७ का १ जना पुरुष र १ जना महिला त्यसैगरी वडा नं. ८  का १ जना पुरुष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारि गराएको छ ।

मुसिकोट नगरपालिकाले ९ वटा वडाका सवै स्वास्थ्यचौकीमा नै एन्टिजेन परिक्षणको सुविधा उपलव्ध गराएको छ । आज संक्रमण पुष्टी भएका तिनै जना मुसिकोट ७ काफल्टोला स्थित भगवती प्रा.वि.का शिक्षकहरु रहेको वताइएको छ ।

विद्यालयका ३ जना शिक्षकलाइ संक्रमण पुष्टी भएपछी हुनसक्ने थप जोखिम कम गर्नका लागी आज देखी विद्यालय वन्द गरिएको छ । विद्यालय कती दिन वन्द गर्ने भन्ने निर्णय भोली वस्ने विद्यालय व्यवस्थापन समितिले गर्ने विद्यालयले जनाएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!