Tuesday, October 4

छोरीको जन्मदिनको अवसरमा गुल्मीका एक दम्पती द्वारा बीमा पोलिसी उपहार !

गोविन्द कंडेल, माघ २८ मुसिकोट गुल्मी । आजभोली बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ ।

यसै क्रममा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४ निवासी बावु भिम वहादुर कुमाल र आमा सोमकली कुमालले छोरी एन्जल रानाको जन्मदिनको अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी गुल्मी शाखाबाट जारी जीबन बीमा पोलिसी उपहार दिएका छन ।

छोरीको भविष्य सुनिश्चित गर्न दोस्रो जन्मदिनको अवसरमा १० लाख रुपैयाँ वरावरको बीमा गरी पोलिसी उपहार स्वरुप दिएको भिम वहादुरले बताए । विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा जन्मदिनको अवसरमा बीमा गरिएको आमा सोमकलीले बताईन् । ।

भावि दिनमा आउने जोखिम सुरक्षणको लागि यो बीमा पोलिसी उपहार दिएको उनले बताइन । जन्मदिनको कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर विष्णु महतले  विमाको महत्त्व र आवश्यकताको जानकारी गराउदै आफ्नो प्रिय छोरीको जन्मदिनमा छोरीलाई उपहार स्वरुप विमा पोलिसी उपहार दिनुभएकोमा परिवारलाई बधाई संगसंगै धन्यवाद दिएका थिए ।

महतले बीमित बालिकालाई जन्मदिनको अवसरमा बिमा पोलिसी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । महतले जन्मदिन जस्ता शुभ दिनमा परम्परागत प्रणाली अनुसार सुन, चादि, हिरा जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्नु पर्नेमा जोड दिएका छन् ।

त्यसैगरी उनले शिक्षित परिवार तर बीमा बारेमा चेतना कम भएर पनि विमा नगरेको धेरै ठाउ भेटेको र बीमाको महत्त्व अझै आम सर्वसाधारण जनतालाई जानकारी नभएको भन्दै बीमाको बारेमा व्यापक कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गनुपर्ने उल्लेख गरेका छन् ।

सो बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा महालक्ष्मी लाइफ इन्सुरेन्सका सिनियर एजेन्सी म्यानेजर विष्णु महत, अभिभावक, आफन्त र कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!