Saturday, September 24

एक करोड लागतमा ऐतिहासिक वामीकोटको पुननिर्माण सुरु !, कस्तो होला अब वामीकोट ?

गोविन्द कंडेल, मुसिकोट गुल्मी, २७ माघ २०७८। गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ८ स्थित वामीमैदानमा अवस्थित ऐतिहासिक वामीकोट मन्दिरको पुननिर्माण आज देखी सुरु भएको छ ।

मुसिकोट नगरपालिका गुल्मीको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोटको पुननिर्माण कार्य सुरु गरिएको मुसिकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटाले वताउनु भयो ।

वामीकोट मन्दिर पुननिर्माणको लागि लुम्विनी प्रदेश सरकारको पचास लाख र मुसिकोट नगरपालिकाको पचास लाख गरी जम्मा रु एक करोड वजेट विनियोजन भएको  छ ।

उक्त निर्माण कार्य सम्पन्न गर्नका लागी विस्नु निर्माण सेवा वाग्लुगंले  ६५ लाखमा ठेक्का सम्झौता गरेको छ । आगामी २०७९ जेठ भित्रै योजना सम्पन्न गर्ने गरि कार्यक्षेत्रमा काम सुरु गरिएको  मुसिकोट नगरपालिकाका इन्जिनियर राजेन्द्र गौतम वताउनु हुन्छ ।

यस ऐतिहासिक वामीकोटमा हरेक वर्ष चैते दशैँ र वडादशैको अवसरमा नवदुर्गा भवानीको विशेष पूजाआराधना गर्ने गरिन्छ । विक्रम संवत १७८६ मा ऐतिहासिक वामीकोटको स्थापना भएको इतिहासमा पढ्न सकिन्छ ।

यस खड्कदेवी मन्दिरमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने प्रचलन छ । धर्मालम्वीहरू देवतालाई बलि दिएर मनको आकांक्ष पुरा हुने बिश्वासका साथ बलि दिने गर्दछन् ।

कतिपय साहाकारी भक्तजनहरूले कुबिन्नो लगायतका फलफुल पनि चढाउने प्रचलन रहि आएको छ । बलि दिएसँगै देवता खुसी हुने र आफुले मनले आटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने जनविश्‍वास छ ।

जिर्ण बन्दै गएको मन्दिरको संरचनालाई पुरानै स्वरुप र भुकम्प प्रतिरोधी बनाउने वडा अध्यक्ष सापकोटाले वताउनु भयो । नवनिर्मित वामीकोटमा निर्माण सम्पन्न भए पश्चात एउटा सुविधा सम्पन्न हल, संग्रालय,दुइ वटा पुजा कोठा,भैरवथान र कालारात्री पुजाका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुनेछ ।

मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिएको इन्जिनियर गौतमले वताउनु भयो । साथै उक्तकोटको कम्पाउण्ड निर्माणका लागि समेत नगरपालिकाले ३५ लाखको टेन्डर आव्हान गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!