Wednesday, October 5

डोटी एमालेका जिल्ला अध्यक्ष नेकपा एसमा प्रवेश

धनगढी । नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका मलासीलाई नेकपा एसका नेता तथा पर्यटनमन्त्री प्रेम आले लगायतका नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको नेकपा एस डोटीले जनाएको छ ।

मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् । आलेको गृहजिल्ला डोटीमा एमालेबाट नेकपा एसमा प्रवेश गराउने क्रम बढेको छ ।

मलासीलाई नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जोशी, नेता गरिमा शाह लगायतले स्वागत गरेका थिए ।

सोही बैठकबाट जोरायल गाउँपालिका-६ का वडाध्यक्ष लालबहादुर साउद पनि एमाले छाडेर नेकपा एसमा प्रवेश गरेका छन् ।

कमल थापाले गरे राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्।

हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन।

राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले निर्मल निवासले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!