Saturday, September 24

देउवाका ज्योतिषले दिएका थिए बैशाख ३० गते चुनाव गर्न सुझाव

काठमाडौँ।

ज्योतिषीसँगको परामर्शपछि बैशाखमा स्थानीय निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएको खुलेको छ ।

प्रधानमन्त्री देउवाका ज्योतिष सुरेशचन्द्र रिजालले बैशाख ३० गते निर्वाचन गर्न ठिक हुने सुझाव दिएको स्वीकार गरेका छन् ।

सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते स्थानीय चुनाव गर्न प्रस्ताव गरेपछि देउवाले ज्योतिषीसँग परामर्श गरेको खुलेको छ ।

देउवाले लागेका दुई मितिमध्ये बैशाख ३० गते उत्तम दिन भएकाले उनले यस्तो सुझाव दिएको खुलाएका छन् ।

बैशाख ३० गते शुक्रबार भएको र अमृत योग पनि परेकोले उनले यो मितिमा गर्न सुझाव दिएका थिए ।

अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिने हुनाले आफूले यस्तो सुझाव दिएको उनको दाबी छ ।

देउवाले जेठ ४ वा बैशाख ३० कुन मितिमा चुनाव गर्न ठिक होला भन्दै रिजाललाई सोधेका थिए ।

यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!