Thursday, October 6

सुनितामी परियार र गायक सागर आलेको ‘ढुंगा जस्तो मन’ (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायिका सुनितामी परियार र गायक सागर आलेको ‘ढुंगा जस्तो मन’ यतिबेला बजारमा छ । आफुले विश्वास गरेको मान्छेबाट घात हुँदाको अवस्थालाई गीतमा मुख्य विषय बनाइएको छ ।

विश्वास गरेको मान्छेले गरेको घात र धोका हेर्नुभन्दा आखाँनै नचाहिने भन्दै आखाँनै फुटालेपछिको वियोगात्मक अवस्थाको कथालाई कलाकार प्रकाश सपुत र सगुन साहीले अभिनयमार्फत उतारेका छन् ।

गीतमा सर्जक रमेश बिजीको शब्द तथा जीवन परियारको संगीत रहेको गीतमासंगीत संयोजन भने सुदिप सागरले गरेका छन् ।

दुर्गा पौडेलको निर्देशन एवं छायाँकन रहेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन गरेका छन् । गीत गायिका स्वयम् सुनितामी परियारको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!