Wednesday, October 5

महामन्त्रीमा पराजित भएका प्रकाशशरण महत कांग्रेस प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार उनलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।

उनी कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीमा पराजित भएपछि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, यस्तो छ अब देउवाको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (सोमबार) दिउँसो तीन बजे बैठक बोलाइएको छ।

बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणाबारे निर्णय गर्ने तयारी गरेको छ।

निर्वाचन आयोग ४ जेठ २०७९ मा निर्वाचन गर्न प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो।

त्यतिमात्र होइन आजको मन्त्रीपरिषदको बैठकले एमसीसीबारे पनि केहि निर्णय गर्नसक्ने बताइएको छ ।

चुनावको मिति घोषणा गर्न लागेको मन्त्रीपरिषद बैठकले अन्य महत्वपूर्ण निर्णय पनि गर्नसक्ने बताइएको छ ।

चुनावको मिति घोषणापछि कतिपय निर्णय गर्न कानुन आकर्षित हुने भएकाले केहि महत्वपूर्ण निर्णय आजै हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!