Saturday, October 1

चन्द्रागिरि घुम्न गएको बेला हराएका ५ जनाको उद्धार

काठमाडौं ।

चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका उनीहरूलाई प्रहरीले मध्यराति फेला पारेर उद्धार गरेको हो ।

थानकोट प्रहरीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए ।

घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो ।

साढे सात वर्षीया बालिकासहितका उनीहरूलाई प्रहरीले फेला पारेर घर पुर्‍याएको थियो । उनीहरू सबै सकुशल रहेका थानकोट प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस् -बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका, १२ स्थित तामनगरमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ। दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृत्यु र घाइते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ। ट्रक चालक फरार रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!