Friday, September 23

आज स्थानीय तहको निर्वाचन मिति तोक्ने सरकारको यस्तो छ तयारी

काठमाडौँ ।
सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने दिन हो ।

आइतबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अबको क्याबिनेटले मिति घोषणा गर्ने बताउनुभएको हो ।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि मन्त्रिपरिषद्को अब बस्ने बैठकले निर्वाचन मिति घोषण गर्ने बताउनुभएको छ ।

यद्यपि आज क्याबिनेट बस्ने/नबस्नेबारे भने आफूले सूचना पाइनसकेको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले बताउनुभयो ।

निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको र पाँच दलीय सत्तारुढ गठबन्धनभित्र पनि करिब सहमति भइसकेको बताइएको छ ।

सभामुखले गरे सरकारको प्रस्ताव अस्विकार: एमसीसीलाई संसदमा लैजान सकिन्न

बाहिर चर्को बहस भैरहेको एमसीसीलाई संसदमा लैजान प्रधानमन्त्री शेरबहादुर देउवाले जोडबल गरिरहेका बेला सभामुख अग्नि प्रसाद सापकोटाले भने प्रस्ताव अस्विकार गरेका छन् ।

सभामुख अग्नि सापकोटालाई भेटेर कानूनमन्त्रीले राखेको एमसीसी टेबल गर्ने प्रस्ताव सभामुखले अस्विकार गरेका हुन् । सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूले सभामुख सापकोटालाई आइतबार भेटेर सो प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावपछि सभामुखले एमसीसी जस्तो विषयमा अहिले छलफल हुन नसक्ने बताएको स्रोतले जनाएको छ । एमसीसीबारे बाहिर बहस गरेर नहुने भन्दै उनले संसदमा बहस गराउन सभामुखलाई आग्रह गरेका हुन् । सभामुखले भने संसदमा अहिले छलफलको वातावरण नभएको बताएका थिए ।

संसदमा बहस गराऔं भन्ने कानून मन्त्रीको प्रस्ताव आए पनि सभामुखले अहिले संसद अवरुद्ध रहेकाले सरकारले पहिले संसदको अवरोध खुलाउनुपर्ने त्यसपछि राष्ट्रिय सहमति कायम गरेर मात्र एमसीसी संसदमा लैजान सकिने जवाफ दिएको सभामुख निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!