Monday, September 26

मुसिकोटमा कृषकहरुलाई तरकारी खेती सम्वन्धी तालिम !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका गुल्मीको वडा नं ७ मा व्यवसायिक कृषकहरुका लागि तरकारी खेती सम्बन्धि १ दिने तालिम आइतवार वामीटक्सारमा सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका गुल्मीले आ.व.२०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिमको आयोजना गरेको हो । तालिमबाट तरकारी सम्वन्धि कृषकहरुलाई उत्पादनमा बृद्धि गराई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ ।

तरकारी खेतिमा आवद्ध कृषकहरुलाई तरकारी खेति सम्बन्धि सैध्दान्तिक र प्रयोगात्मक दुबै ज्ञान तालिम मार्फत दिन लागेको नगरपालिकाले जनाएको छ ।

तालिमको समापन सत्रमा वोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कृषिको व्यवसायिकरण विना देशको विकास सम्भव नभएको बताउनुभयो । तरकारी खेतिलाई व्यवसायिक वनाउँदै मुसिकोटलाइ तरकारीमा आत्मनिर्भर वनाउनमा यो तालिम सहयोगी वन्ने उहाँको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिका आर्थिक विकास समितिका संयोजक प्रकाश काफ्लेले नेपालमा कृषि पेशा सवै भन्दा जेठो पेशाका रुपमा स्थापित भएकोले कृषि व्यवसायलाई आधुनिक प्रविधि मैत्री वनाउन किसानको आय आर्जन लगायत जीवन स्तर परिवर्तन ल्याउने भएकोले अगुवा कृषक उत्कृष्ट छनौट गरि स्थापनाकाल देखी नै नगरपालिकाले मौसमी तथा वेमैसमी तरकारी खेती सम्वन्धि तालिमको आयोजना  गर्ने गरेको वताउनु भयो ।

आज सम्पन्न एक दिने तरकारीखेती सम्वन्धी कार्यक्रममा मुसिकोट नगरपालिकाका २७ जना कृषकहरुको सहभागिता रहेको थियो । आजको तालिमका सहभागीहरुलाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाले लघुउद्यमको विकास सम्वन्धमा  प्रशिक्षण दिनु भएको थियो ।

त्यसैगरी कृषि अधिकृत जनक पौडेलले रोगकिरा नियन्त्रण सम्वन्धी, कृषि प्राविधिक टोप वहादुर ओलीले जैविक विषादी र नर्सरी व्यवस्थापन सम्वन्धि र प्राविधिक विशाल शर्माले तरकारीका जात र वालिपात्रो सम्वन्धि कक्षा सञ्चालन गर्नु भएको थियो ।

समापन समारोहमा तालिमका सहभागीहरुलाइ तरकारीको विउ, विषादी र कृषि सामाग्री वितरण गरिएको थियो । तालिमको औपचारिक समारोहमा प्रमुख एवं विशिष्ट अतिथिका अतिरिक्त नगरपालिका प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे, पशुसेवा शाखा प्रमुख महेन्द्र पन्थि, उजुरी प्रशासक विस्नु खरेल लगायतको उपस्थिति रहेको थियो ।

तालिमको उद्घाटन र समापन समारोह नगरपालिकाका कृषि प्राविधिक टोप वहादुर ओलीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!