Tuesday, October 4

दुर्गा प्रसाइँको चुरीफूरी सकियो, ओलीले दिएको सुबिधा खोसियो

काठमाडौं ।

गृहमन्त्रालयको विशेष व्यक्ति सुरक्षा मापदण्ड विपरित नेपाल प्रहरीको सुरक्षागार्ड लिएर रवाफ देखाउँदै हिँडेका दुर्गा प्रसाई अब सुरक्षाकर्मी विहिन भएका छन् ।झापाको बिएण्डसी मेडिकल कलेजका मालिक रहेका उनले आफूलाई धेरै ट्याक्स तिरेकै आधारमा व्यक्तिगत सुरक्षागार्ड दिइएको बताएका थिए ।

उनलाई नेपाल प्रहरीको एक कर्मचारी सुरक्षा गार्डको रुपमा दिएको थियो ।

उक्त समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय झापाले उनलाई दिएको प्रहरी फिर्ता गरेको हो ।

सरकारले दिएको प्रहरी बाहेक १० जना अन्य निजी सुरक्षा गार्ड लिएर हिँडेका उनले सुरक्षाकर्मी दुरुपयोग गरेको पाइएको थियो ।

तत्कालिन केपी ओली सरकारले उनको सुरक्षाका लागि राष्ट्र सेवक नेपाल प्रहरी खटाएको थियो ।

ईश्वर पोखरेललाई पनि संविधानको चिन्ता लागेपछि…

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संविधान विपरित संसद विघटन गर्दा साथ् दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि संविधानको चिन्ता गर्न थालेका छन् ।

गठबन्धन सरकारले सम्विशान मास्न खोजेको भन्दै देशव्यापी आन्दोलन चर्काउने पोखरेलले चेतावनी दिएका छन् । त्यतिमात्र होइन आफू सत्तामा हुँदा अनेक अनियमिततामा फसेका उनले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप समेत लगाएका छन् ।

प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माणलगायत कामहरु रोकेको भन्दै विकासको सपनालाई मूर्छित पार्ने काम गरेको आरोप लगाए ।

एमालेलाई समाप्त गर्ने बिषाक्त विचार बोकेर निर्माण भएको गठबधनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दामा कुनै चासो नरहेको उनले बताए । पोखरेलले बर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गरे ।

एमालेले संघीयताको बलियो कार्यान्वयन चाहेको भन्दै उनले संघीयता नचाहनेहरुलाई लिएर गठबन्धन दल अघि बढेको बताए । स्थानीय तहको चूनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानुन उलंघन गरेको उनको भनाइ छ ।

उनले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिए । पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरुले सरकारविरुद्ध आन्दोलन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!