Wednesday, September 21

कर्णाली सरकारमा नेकपा एसले समर्थन फिर्ता लिने

सुर्खेत – कर्णाली सरकार विस्तार कार्य फेरि अन्योलमा परेको छ। नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो।

आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री जीवनबहादुर शाही पुन: मन्त्रिपरिषद् विस्तारमा असफल हुने देखिएका छन्। नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री शाहीले बल्ल सरकारलाई पूर्णता दिने तयारी गरेका थिए।

तर, समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि आइतबार मन्त्रिपरिषद्‍ विस्तार नहुने पक्कापक्की भएको हो।

मुख्यमन्त्री शाहीले आइतबार सरकारलाई पूर्णता दिन माओवादीबाट गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंह, कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही र समाजवादीबाट जुम्लाका पदम रोकायालाई मन्त्री बनाउने तयारी गरेको थिए।

आइतबार मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

सुर्खेत – कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।

यसैबीच गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि माओवादीले विरोध जनाएको छ । माओवादी कर्णालीमा सबैभन्दा ठुलो दल हो । माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसदलाई मन्त्री बनाउन लागेपछि सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेर विरोध गरेका छन् । ‘

र्णाली सरकार विस्तार कार्य अन्योलमा परेको छ। नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!