Thursday, September 22

मुसिकोट नगरपालिका गुल्मीमा आज थप  ७ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । १८ माघ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ८ जनाको आज वामीटक्सार स्वास्थ्यचौकी, वडागाँउ स्वास्थ्यचौकी र अर्लागंकोट स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका ७ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको  परिक्षण गरिएको हो ।

आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. २ का २ जना पुरुष, मुसिकोट नगरपालिका वडा नं. ३ का १ जना पुरुष र १ जना महिला त्यसैगरी वडा नं. ९ का १ जना पुरुष र २ जना महिला  रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारि गराएको छ ।

मुसिकोट नगरपालिकाले ९ वटा वडाका सवै स्वास्थ्यचौकीमा नै एन्टिजेन परिक्षणको सुविधा उपलव्ध गराएको छ । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!