Friday, October 7

गुल्मीमा विमानस्थल निर्माणको काम अन्तिम चरणमा कहिले देखी होला त नियमित उडान !

गुल्मीको रेसुंगा नगरपालिका वडा नं १० मा पर्ने रेसुंगा विमानस्थल सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा पर्छ । विमानस्थलसम्म पुग्ने बाटो पनि कच्ची छ ।

विमानस्थलको काम धमाधम भइरहेका कारण माघ भरमा विमानस्थलको मुख्य संरचना बनिसक्ने देखिएको नगरप्रमुख डिल्लीराज भुसाल वताउनु हुन्छ । उहाँले सोमबार आयोजनाको स्थलगत अनुगमन समेत गर्नु भएको  थियो । ‘म आजै अनुगमनमा पुगेको थिएँ, संरचना माघ महिनाभित्रै बनिसक्ने देखिन्छ,’ उहाँले भन्नु भयो ।

संरचना बनिसकेपनि सञ्चालनमा भने अन्यौल रहेको उहाँ स्वीकार गर्नु हुन्छ । ‘पहिला तारा एयरले परीक्षण गरेको हो, अब हामी पर्यटन मन्त्रालय, प्राधिकरण र वायुसेवा कम्पनीसँग नियमित उडानका लागि पहल थाल्छौं ।’ यो विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडानको योजना समेत नबनाएका कारण तत्काल नियमित उडानको सम्भावना  भने छैन ।

५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको यो विमानस्थलमा ठूलो क्षमताका जहाज जाँदैनन् । नाफा नहुने गन्तव्यमा निजी एयरलाइन्सले घाटामा उडान गर्दैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आन्तरिक सेवा धरासायी बनाएर बसेको छ । जसले गर्दा निर्माण सम्पन्न भए पनि तत्काल नियमित उडानको संभावना छैन । @Onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!