Monday, September 19

सरकारले स्थानिय तह निर्वाचनको मिति आज तय गर्ने, बालुवाटारमा  बैठक बस्दै !

१५ माघ, काठमाडौं ।  स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

आज बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ । प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ ।

यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

हिजो प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बिहान बैठक बस्न लागेको हो ।

गठवन्धनमा सहमती भएमा सरकारले आज नै स्थानिय तहको निर्वाचनको मिति घोषणा गर्न सक्ने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!