Thursday, September 29

खुसीको खबर : ५ करोड २२ लाख रुपैयाँको नयाँ आईपीओ निस्कासन मिति तोकियो !

लगानीकर्ताका लागि खुसिको खबर,५ करोड २२ लाख रुपैयाँको नयाँ आईपीओ निस्कासन मिति सार्वजनिक !

काठमाडौं । आउँदो माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन हुने भएको छ ।कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशनन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीको कुल ५ लाख २२ हजार कित्तामध्ये ८ हजार कित्ता कर्मचारीहरुलाई, २६ हजार १ सय कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा माघ २५ गतेसम्म र माग बमोजिम आवेदन नपरेको खण्डमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने कमपनीले जनाएको छ । उक्त आईपीओ न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । – अर्थतन्त्र डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!