Wednesday, September 21

प्रदेश १ बाट राष्ट्रिय सभामा गोला प्रथाद्वारा गोपाल बस्नेत विजयी !

प्रदेश १ : गोला प्रथाबाट कांग्रेसका गोपाल बस्नेत विजयी –  काठमाडौं । नेपाली कांग्रेसका नेता गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको निर्वाचनमा ५ दलीय गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार बस्नेत र एमाले उम्मेदवार गुरु बरालको बराबर मत आएको थियो ।

दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएका थिए । मत बराबर आएपछि विजेता छान्न गोलाप्रथा गरिएको थियो ।  गोलप्रथाबाट गठबन्धनका उम्मेदवार बस्नेत राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन् । बस्नेत नेपाली कांग्रेस झापाका पुराना नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!