Thursday, September 29

राष्ट्रियसभामा एमाले र कांग्रेसका यि दुइ उम्मेदवारको मत बराबर !

१२ माघ, विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेदवार गाेपाल बस्नेतले बराबर मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे ।

बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरे । अब विजेता चयनका लागि गोला प्रथा गरिने निर्वाचन कार्यालयले जनाएको छ । राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसको मतभार १६८ छ ।

यो पनि पढ्नुहोस –  राष्ट्रिय सभामा लुम्बिनीबाट काँग्रेस,एकिकृत समाजवादी र जनमोर्चा विजयी !

रुपन्देही  लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।

उनीहरुले एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका हुन् । बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!