Monday, September 26

मुसिकोट नगरपालिका गुल्मीमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । ११ माघ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका २ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको  परिक्षण गरिएको हो ।

आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. ७  का २६ वर्षिय एक पुरुष र वडा नं. ७ कै ३९ वर्षिय १ महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारि गराएको छ । मुसिकोट नगरपालिकाले ९ वटा वडाका सवै स्वास्थ्यचौकीमा नै एन्टिजेन परिक्षणको सुविधा उपलव्ध गराएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  । कोरोना भाइरसको तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा आज परिक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!