Thursday, October 6

टाेलटाेलमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्दै गुल्मीको मालिका गाउँपालिका !

डि.वि.खड्का माघ -११ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले मंगलबार देखी अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको छ ।
मंगलबार गाउँपालिकाको वडा नम्बर दुई दर्लिङ बाट परिचयपत्र वितरण सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए । वडा नम्बर एक नेटा,वडा नम्बर दुई दर्लिङ र वडा नम्बर तीन ह्वाङ्दीलाई लक्षित गरी नेटा दर्लिङमा परिचयपत्र वितरण गरिएको हो ।

क वर्गका पाँच , ख वर्गका नौ  र ग वर्गका एक गरी १५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारी चन्द्र श्रीसले जानकारी दिए ।

अपांगता भएका व्याक्तीहरुलाई उनिहरुको वर्ग अनुसार राज्यले सेवा सुविधा प्रदान गर्ने र उनिहरुको सहजताका लागी टोल- टोलमा पुगेर परिचय पत्र वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।
त्यस्तै बुधबार गाउँपालिकाको केन्द्र अर्खबाङ र बिहिवार वडा नम्बर सात घमिरमा अपाङ्गता परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!