Sunday, September 25

मुसिकोटमा जोखिम बढ्दो, आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । १० माघ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा व्यक्तिहरुमा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका १५ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी, वडागाँउ स्वास्थ्यचौकी र कुर्घा स्वास्थ्यचौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको  परिक्षण गरिएको हो ।

आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. ६ का २९ वर्षिय एक पुरुष त्यसै गरी वडा नं. ४ का ४४ वर्षिय एक पूरुष र वडा नं. ७ का २१,२९ र ५३ वर्षिय ३ पूरुष रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारि गराएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  । कोरोना भाइरसको तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा आज परिक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!