Wednesday, September 28

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन मार्फत पार्टीको धारणा सार्वजनिक गर्दै !

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन मार्फत  पार्टीको धारणा सार्वजनिक गर्दै ! –  काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी गरेका छन्।

पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भोलि आइतबार पार्टी अध्यक्ष ओलीले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायत विषयमा एमालेले पत्रकार सम्मेलनमार्फत् आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!