Friday, October 7

मुसिकोट नगरपालिका गुल्मीमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । ०७ माघ २०७८ , गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ४ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ५ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाँउ स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाकाका ४ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा संकास्पद व्यक्तिहरुको  परिक्षण गरिएको हो ।

आज संक्रमित हुनेहरुमा मुसिकोट नगरपालिका वडा नं. ७ का ३१ वर्षिय एक पुरुष र वडा नं. ७ कै २६ र ५० वर्षिय दुइ महिला  र वडा नं. ३ का २६ वर्षिय एक पुरुष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखाले सेरोफेरो नेपाललाइ जानकारि गराएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  । कोरोना भाइरसको तेस्रो भेरियन्ट समुदायस्तरमा फैलिएको आशंकामा आज परिक्षण गरिएको हो ।

मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा परिक्षण गरेका १९ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ भने अन्य नगरपालिका भित्र छिमेकी वडिगाड गाँउपालिकामा परिक्षण गरी प्रमाणित भएका सक्रिय संक्रमित समेत रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!