Thursday, September 29

मुसिकोटमा जिप दु,र्घटनाः एकको ज्यान गयो, जनप्रतिनिधी सहित ६ घाईते, ३ गम्भिर !

 गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्कामा पिकअप जिप दु,र्घटना हुँदा ६ जना घाईते भएका छन् भने एक जनाको उपचारका क्रममा ज्यान गएकाे छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गरेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउस दु,र्घटना भएको हो । दु,र्घटनामा परि जिपमा सबार ६ जना घाइते भएका छन । घाइते मध्य चालक सहित ३ जनाकाे अवस्था गम्भिर छ ।

साेही घटनामा गम्भिर घाईते भएका वर्ष ५५ का काले कामीको वामीटक्सारमा उपचारका क्रममा ज्यान गएको छ भने  ३ जना गम्भिर घाइतेलाइ उपचारको लागि पाल्पा पठाइकाे र वाकी ३ जनाको वामीटक्सार स्वास्थ्य चाैकीमा उपचार भइ रहेकाे बताईएको छ ।

वडा न‌ं. ९ का वडा सदस्य समेत रहेका चालक श‌ंकर परियार सहित ३ जना घाइतेलाइ उपचारको लागि पाल्पा पठाइएकाे हो  जिप सडकबाट करिव ५० मिटर तल खसेको र चिप्लो वाटाेका कारण दु,र्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
12
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!