Thursday, September 29

कोरोना बीच परीक्षा : सङ्क्रमित पनि एउटै हलमा, परीक्षा केन्द्रमा तनाव !

बुधबार कोरोना सङ्क्रमितलाई परीक्षा हलमा सँगै राखिएको भन्दै काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजमा तनाव उत्पन्न भयो ।

पूर्वाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको बीएएलएलवी चौथो वर्षको परीक्षामा सङ्क्रमितलाई एउटै परीक्षा हलमा राखिएको, सेनिटाइटजर लगायत अन्य कोभिड सुरक्षा मापदण्ड नअपनाइएको भनेर विद्यार्थीहरूले परीक्षा केन्द्रमा तालाबन्दी गरे ।

प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लियो भने केही विद्यार्थी घाइते समेत भए ।  यो क्याम्पसका अलावा बुधबार स्वास्थ्य मापदण्डको पालना नगरेको भन्दै पुतली सडकमा रहेको हिमालय ह्वाइट हाउस कलेजमा पनि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरे । यतिबेला विभिन्न संकायका स्नातक तह तेस्रो र प्रथम वर्षका परीक्षाहरू सञ्चालन भइरहेका छन् भने केही सञ्चालनको क्रममा रहेका छन् ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र, शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरूले कोभिड ओमिक्रोन सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै भौतिक उपस्थिति रहने शैक्षिक क्षेत्रका गतिविधिमा रोक लगाएका बेला पूर्वाञ्चल, त्रिभुवन विश्वविद्यालयले भने धमाधम परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कतिपय विद्यार्थी स्वयम् कोरोना सङ्क्रमित भएका बेला विश्वविद्यालयले परीक्षा सञ्चालन गरेर जोखिम बढाएको भन्दै विद्यार्थीहरूले परीक्षा सार्नका लागि माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!