Thursday, September 22

शिक्षकमा कोरोना देखिएपछि महेन्द्र मा.वि.वामीटक्सारको ४ गते देखी हुने भनिएको परिक्षा स्थगित !

गोविन्द कंडेल २ माघ, वामीटक्सार गुल्मी । महेन्द्र आदर्श नमुना मा.वि. वामीटक्सारको आज वसेको विद्यालय व्यवस्थापन समितिको वैठकले माघ १० गते सम्म विद्यालय वन्द गर्ने निर्णय गरेको छ ।

विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण देखिएपछि मुसिकोट नगरपालिकाकै धेरै विद्यार्थी भएको वामीटक्सारको महेन्द्र आदर्श नमुना  मावि ले नियमित पठनपाठन का अतिरिक्त यही माघ ४ गते देखी हुने भनिएको सवै तहको परिक्षा स्थगित गरेको छ ।

विद्यालयमा नियमित अध्यापनमा संलग्न ३ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि माघ ९ गतेसम्मको लागि विद्यालयको पठनपाठनका अतिरिक्त परिक्षा कार्यक्रम रद्ध गरिएको विद्यालयका प्रधानाध्यापक देविराम शर्माले बताउनु भयो ।

‌संक्रमित शिक्षक आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उहाँले बताउनु भयो  । मुसिकोट नगरपालिकामै सवैभन्दा वढी विद्यार्थी भएको यस विद्यालयमा एक हजार भन्दा वढी  विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक शर्माका अनुसार माघ ९ गते सम्म विद्यालय प्रशासन वाहेक सवै शैक्षिक गतिविधि वन्द हुने र १० गते देखी पुर्व निर्धारित परिक्षाहरु सञ्चालन हुने विद्यालयले जनाएको छ ।

गत वर्ष पनि विद्यालय स्तरमा कोरोना फैलिदा विद्यार्थी तथा शिक्षक संक्रमित हुनुका साथै एक जना शिक्षकको ज्यान समेत गएको थियो । यस्तो छ विद्यालय बाट जारी सुचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!