Thursday, October 6

गुल्मीमा पाँच लाख नगदसहित ७ जुवाडे पक्राउ !

२७ पुस, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगदसहित पक्राउ गरेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका-१ भिमचोकस्थित एक होटलबाट सोमबार बेलुकी पाँच लाख पाँच हजार ६५५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

होटलमा जुवाको खाल थापी खेलिरहेको भन्ने विशेष गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जुवा तास खेलिरहेको ठाउँबाट एक बुक खोलेको र दुई बुक नखोलेको तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

९ किलो चाँदीका गहनासहित जनकपुरबाट एक जना पक्राउ – २७ पुस, जनकपुरधाम । धनुषामा प्रहरीले चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-५ बाट सुनसरीको इटहरी उपमहानगरपालिका-५ शिवालय टोलका ३० बर्षीय कुमार खातीलाई चाँदीको विभिन्न गहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश नं. १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकलमा सवार खातीको साथबाट ९ किलो ७ सय ६७ ग्राम चाँदीको गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार  बरामद भएको चाँदीको गहनाको बजार मूल्य ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ छ । पक्राउ परेका खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधामको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!