Friday, October 7

आज एक योजना उद्घाटन भए सँगै मुसिकोटका ४९ शय घरधुरीमा पुग्यो १ घर १ धारा अभियान !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २५ पुष, मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा गुल्मीमा आज एक समारोहका विच सर्पाङ,गुर्जाङ, गुन्धारा खानेपानी तथा सरसफाइ योजनाको उद्घाटन  सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका गुल्मीको  रु ६५ लाख र उपभोक्ताको करिव १९ लाख ५० हजार वरावरको जन श्रमदान गरी कुल ८४ लाख ५० हजार लागत साझेदारीमा उक्त योजना सम्पन्न भएको हो ।

उक्त योजनाबाट मुसिकोट नगरपालिका वडा नं. ६ का  कुल २४६ घरधुरी लाभांवित हुने छन ।  मुसिकोट नगरपालिका गुल्मीको एक घर एक धारा खानेपानी कार्यक्रम अन्तर्गत उक्त योजना सम्पन्न भए पछी लामो समय लगायर डोकोमा पानी बोकेर खाई रहेका  उपभोक्ताहरुले खुशीको अनुभुती गरेका छन ।

मुसिकोट नगरपालि गुल्मीले विगतका आर्थिक वर्षहरू देखी नै  नगरका प्रत्येक घरधुरीमा खानेपानी पुर्‍याउने गरि काम संचालन गरीरहेको छ । उद्घाटन समारोहमा उक्त खानेपानी तथा सरसफाइ योजनालाई सफल गराउन सहयोग गर्नुहुने महानुभावहरुलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा, नगर उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नं.६ का वडा अध्यक्ष खडक वहादुर खड्का, खानेपानी तथा सरसफाई शाखाकी प्रमुख सिता भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शुभकामना मन्तव्यका क्रममा नगर उपप्रमुख कमला शर्माले खानेपानीको दिगो व्यवस्थापनमा विशेष ध्यान दिन उपभोक्ता समितिका सदस्यहरुलाइ आग्रह गर्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले योजना सफलता पूर्वक सम्पन्न गरेकोमा समितीलाई वधाई व्यक्त गर्दै खानेपानी तथा सरसफाइ योजनाले भॏतिक विकास र सामाजिक विकासमा सहयोग पुर्याएको र खानेपानी योजनालाइ दिगो रुपमा संचालन गर्नुपर्ने वताउँदै गुल्मी जिल्ला पानीको स्रोतमा आत्मनिर्भर रहेको र यसको व्यवस्थापनमा हामिले ध्यान दिनुपर्ने बताउनु भयो ।

त्यसै गरी मुसिकोट नगरपालिका खानेपानी तथा सरसफाई शाखा प्रमुख सीता भुसालले यस खानेपानी तथा सरसफाइ योजना तोकिएको समयमा मापदण्ड अनुसार मितव्ययी तरिकाले सम्पन्न गरेकोमा समितीलाइ सुभकामना व्यक्त गर्दै योजनालाई आगामी दिनमा दिगो र सुरक्षित रुपमा संचालन गर्दै लैजान उपभोक्ताहरुलाई अनुरोध गर्नुभएको थियो ।

मुसिकोट नगरपालिकामा यस आर्थिक वर्ष सम्मामा ५९३२ घर धुरीमा एक घर एक धारा कार्यक्रम पुग्ने समेत उहाँले वताउनु भयो । मुसिकोट नगरपालिका वडा नं.६ का वडा अध्यक्ष खडक वहादुर खड्काले वडाको यो योजना औपचारिक उदघाट्न हुने तेस्रो खानेपानी योजना भएको वताउनु भएको थियो ।

वडामा खानेपानी सहित अन्य विकासका धेरै योजनाहरु संचालनमा रहेको साथै निकट भविष्यमा नै  एक घर एक धारा सम्पन्न वडाको रुपमा घोषण गर्ने गरि अगाडी बढेको उहाँले बताउनु भयो।

खानेपानी तथा सरसफाइ योजनाको उद्घाटा समारोहको प्रमुख अतिथिको रुपमा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाको उपस्थीती रहेको थियो ।

उहाँले आफ्नो वधाई तथा सुभकामना मन्तव्य ब्यक्त गर्दै मुसिकोट नगरपालिका भित्र खानेपानीको क्षेत्रमा आमूल परिबर्तन भएको दावी गर्नु भयो । कुवाबाट पाइप र सार्वजनिक धारा हुँदै घर भित्रैको धारामा पानी पुर्याएको बताउँदै हाल सम्म नगर भित्र ४६ वटा खानेपानी योजना  सम्पन्न भएको र  १८ वटा खानेपानी योजना संचालनको क्रममा रहेको जानकारी गराउनु भयो ।

अब निकट भविष्यमै नगर भित्रका सबै नागरिकको घरमा एक घर एक धारा पुर्याउने बताउदै  प्राबिधिक तालिम सहित खानेपानीको योजनामा काम गरिएको बताउनु भयो ।  चुनावमा प्रमुख नाराको रुपमा एक घर एक धाराको नीति अवलम्वन गरिएको र हाल यो नारा विस्तारै पूरा हुँदै गएको उहाँले बताउनु भयो ।

कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष जित वहादुर रायमाझीको अध्यक्षतामा, वडा सदस्य मान वहादुर पच्याको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन  ठाकुर रायमाझीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!