Tuesday, October 4

पर्वतको विहादीमा ट्याक्टर दुर्घटनाः चालकको मृत्यु, सहचालक घाइते

       पर्वत ।

ट्रयाक्टर पल्टिदा पर्वतको विहादी गाँउपालिका ६ शालिग्राममा एक जनाको मृत्यु भएको छ ।

लु ४ त ६८४८ नम्बरको विहादी गाँउपालिका ५ का पदम भुषालको ट्रयाक्टर उरामपोखरा जाँदै गर्दा सडकबाट खसको हो ।

दुर्घटनामा परी ट्रयाक्टर चालक बर्ष २८ का मुक्ति अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सहचालक १७ बर्षका राजु नेपाली घाइते भएका छन् । मृतक अर्याल उरामपोखराका हुन् ।

विहादीको वडा नम्बर ६ बहाकीठाँटी देखि उक्त ट्याक्टर बिसुनडाँडा भन्ने स्थानमा जाँदै गर्दा सडकदेखि २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
8
+1
14
+1
13
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!