Tuesday, October 4

नेकपा एकीकृत समाजवादीबाट को को बने राष्ट्रियसभाको उम्मेद्वार ?

काठमाडौं, १९ पुस ।  एकीकृत समाजवादी पार्टीले आगामी १२ माघ हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले सोमबार पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो । जसमा प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राज्यलक्ष्मी गैरे उमेद्वार वन्ने भएका छन ।

त्यसै गरी कर्णालीबाट उदय बोहोर र सुदूरपश्चिम प्रदेशबाट मदनकुमार शाहको नाम टुंगो लागेको हो। पाँचदलीय गठबन्धनले सोमबार १९ सिटमध्ये कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच–पाँच, जसपालाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट दिने सहमति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!