Monday, September 26

मुसिकोट वडा नं. २ मा वोहोराको अध्यक्षतामा ५१ सदस्यिय नेकपा एमाले टोल कमिटी गठन !

 नेकपा एमाले मुसिकोट नगरपालिका अन्तर्गत वडा नं. २ को संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ । जस अन्तर्गत आज मुसिकोट नगरपालिका वडा नं. २ मा टोल कमिटी गठन कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले वडा कमिटी अध्यक्ष हरि बहादुर कुँवरले बताउनु भयो।

भेलामा बोल्दै नेकपा एमाले मुसिकोट नगर कमिटीका अध्यक्ष प्रकाश काफ्लेले नेकपा एमालेलाई जनताले अपार माया गरेको वताउँदै आगामी दिनमा आम नागरिकका घरहरु एमालेमय बनाउनुपर्ने बताउनु भयो।

संगठन निर्माणमा मुसिकोट नगरकमिटी जुटेको बताउँदै पार्टीले जनताको निमित्त सधै काम गर्ने बताउनु भयो । आज सम्पन्न भेलाबाट खस्थोक अमराइ टोलमा ५१ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

जसको इन्चार्जमा विष्णु बहादुर महत,अध्यक्षमा हरि बहादुर बोहरा, उपाध्यक्ष रामु नेपाली, सचीव कमला बोहरा, उप सचीव विष्णु बहादुर खडका र कमला नेपाली लगायत रहनुभएको छ।

कार्यक्रममा मुसिकोट नगरकमिटि अध्यक्ष प्रकाश काफ्लेको प्रमुख आथित्यता रहेको थियो भने सचिवालय सदस्य रामकृष्ण कंडेल, महेन्द्र घिमिरे, नगर कमिटी सदस्य धुर्ब पछाइ, शिव बहादुर नेपाली, गोबिन्द नेपाली, वडा अध्यक्ष लक्ष्मण खत्री

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मुसिकोट उपाध्यक्ष बाबुराम घिमिरे, वडा कमिटी सदस्य टीका थापा, उप सचीव साबित्रा घिमिरे, जेष्ठ नागरिक मंचका हुत बहादुर बोहरा, लाल बहादुर बोहोरा, हिम बहादुर महत लगायतको उपस्थिति रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५ जना एमालेमा प्रवेश गरेका छन ।

कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य रामकृष्ण कडेल,बाबुराम घिमिरे, धुर्ब पछाइ लगायतले राख्नु भएको थियो। वडा कमिटी अध्यक्ष हरि ब. कुँवरको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य उप सचिव साबित्रा घिमिरे र संचालन नगर कमिटी सचिवालय सदस्य महेन्द्र घिमिरेको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!