Friday, September 23

माओवादीको महाधिवेशनमा सहभागी हुन् काठमाडौँ आएका जिल्ला इन्चार्ज नै एमाले प्रवेश

काठमाडौं ।

माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौँ आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्।

बिहिवार साझ जिल्ला इन्चार्ज कुमार मोक्तान सहित ठुलो संख्यामा माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन् ।

माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोटनै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए।

पार्टी प्रवेश पछी प्रतिक्रिया दिदै मोक्तानले बारा जिल्लाका हजारौ नेता कार्यकर्ता अब एमालेमा प्रवेश गर्ने बताए। ‘अबको परिवर्तन एमालेबाट मात्र सम्भव छ’ उनले भने।

उक्त अवसरमा पार्टी केन्द्रिय सदस्य रेशम लामा लगायतको पनि सहभागिता रहेको थियो।

दशौँ राष्ट्रिय महाधिवेशन पछि एमालेले बृहत पार्टी प्रवेश अभियान चलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!