Sunday, September 25

प्रमुख,उपप्रमुख र प्र.प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई आर्थिक सुशासन विषयक तालिम !

लुम्बिनी प्रदेशका नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सहितका ४० जना कर्मचारी र जनप्रतिनिधिहरूलाई आर्थिक सुशासनका लागि नेतृत्व विषयक तालिम प्रदान गरिएको छ ।

गैर सरकारी संस्था दायित्वले लुम्बिनी प्रदेशका तिलोत्तमा, मुसीकोट र सुनवल गरी तीन नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहित अन्य अधिकारीका लागि आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण प्रदान गरेको हो ।

नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ दिइएको दुई दिने प्रशिक्षणमा सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यवहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी,

कानुन र स्थानीय विकास, संघीयताको आर्थिक परिकल्पना, तथ्यमा आधारित नीति निर्माण, सार्वजनिक–निजी साझेदारी, स्थानीय सरकारको वित्त व्यवस्थापन, सदाचार संस्कृति मुख्य विषय वस्तु रहेका थिए ।

तालिमको प्रशिक्षकका रुपमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालका पूर्वउपकुलपति केदारभक्त माथेमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, पूर्वसचिव कृष्ण ज्ञवाली, काशिराज दाहाल, विश्व वैंकका प्रतिनिधी जस्मिन राज भण्डारी लगायतका विषय विज्ञहरू रहनु भएको थियो ।

दुई दिने प्रशिक्षणको समापन समारोहमा सहभागीलाई सम्बोधन गर्दै नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले राजनैतीक र प्रशासनिक नेतृत्वले मिलेर नेपालको स्रोत साधनको उचित व्यवस्थापन गर्न सके देशलाई उत्पादनशील अर्थतन्त्र र दिगो विकासको बाटोमा सजिलै लैजान सकिने धारणा व्यक्त गर्नु भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!