Monday, October 3

एमाले नेता रावल गृहमन्त्री भेट्न किन पुगे ?

काठमाडौं ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपट बहादुर रावलले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा अपराधिक घटनाहरु बढिरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउन रावल आज मन्त्रालय पुगेका हुन् ।

ज्ञापनपत्र बुझाउँदै रावलले जनताको जीउधनको सुरक्षासहित शान्तिपूर्ण ढंगले बाच्न पाउने अधिकारको रक्षा गर्न सरकारसँग माग गरे ।

कैलालीका लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जघन्य अपराधका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको, एकपछि अर्को गरी भइरहेका विभत्स हत्याका घटनाले स्थानीय आतंकित भएको भन्दै रावलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री खाँणसँग माग गरे ।

यस क्षेत्रका प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुको संख्या पनि आवश्यकताभन्दा कम रहेको जानकारी गराउँदै रावलले थप सुरक्षाकर्मीहरुको व्यवस्थासहित प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि माग गरे ।

’प्रहरी कार्यालयहरुमा यातायातका साधन लगायत न्युनतम साधन श्रोतको अभाव हुनु अत्यन्तै दुखद पक्ष हो,’ उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

आपराधिक क्रियाकलापलाई यथाशिघ्र नियन्त्रणमा ल्याई जनताको जीउधनको सुरक्षका साथै शान्तिको प्रत्याभूति दिलाउन उनको माग छ ।

यसका लागि सांसद रावलले लम्कीचुहा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय मोतिपुरलाई प्रहरी नायब उपरीक्षक ९डीएसपी० मातहतमा रहने गरी सञ्चालन गर्न सुझाव दिएका छन् ।

त्यसैगरी जानकी गाउँपालिकास्थित अमरावती प्रहरी चौकीमा थप प्रहरी सुरक्षाकर्मी तत्काल उपलब्ध हुने व्यवस्था मिलाउन माग गरेका छन् ।

रावलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डेलाई तत्काल सुरक्षा व्यवस्था गर्न आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!