Tuesday, September 20

माधव नेपालसँग छिट्टै पार्टी एकता गर्छौं : प्रचण्ड

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने बताउनुभएको छ ।

राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले माधव नेपालसँग पार्टी एकता हुन सक्ने जानकारी दिनुभएको हो ।

‘माधव नेपालसँग हामी ढिलो चाँडो एक ठाउँमा हुन्छौँ’, उहाँले भन्नुभयो, ‘हामी यसअघि पनि आफैँ छुट्टिएको होइन।’

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जानुपर्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखेका छन् ।

अन्तरक्रियामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई यस्तो प्रस्ताव गरेका हुन् । आफूहरुले बोलाउँदा ओली बालुवाटार नआउने भएकाले उहाँलाई भेट्न बालकोट नै जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीलाई गरेको उनले बताए ।

ओलीले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको उल्लेख गर्दै उनले एमसीसीका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउँदा पनि ओली नआएको बताए ।

उनले भने – ओली सर्वदलीय बैठकमा बालुवाटार आउँदैनन् । बरु प्रधानमन्त्रीलाई तपाई र म बालकोट जाम भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु ।

मैले एमसीसीका बारेमा सबै पार्टीसँग छलफलल हुनुपर्छ भनेर बैठक गर्दा पनि ओली आउँदैनन् । उनी तेस्रो पटक संसद विघटन गराउन चाहान्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!