Saturday, October 1

प्रदेश २ मा एमाले र एकीकृत समाजवादीवीच एकता, नेताहरुले गरे चकित पार्ने निर्णय

जकनपुर । प्रदेश २ को नामकरणका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीले गरेको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । सुरुमा नेकपा एमालेले प्रदेशको नाम ‘जनक प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएको थियो ।

तर नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ राख्न प्रस्ताव गरेपछि एमाले पनि जानकी प्रदेशकै पक्षमा उभिएको हो ।

शुक्रवार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको दोश्रो बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफूहरुको समर्थन रहेको जनाइन् ।

एमाले विभाजन अघि नै प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएका थिए । प्रदेशसभा सदस्य शारदा देवी थापाले एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताइन् ।

उनले यस प्रदेशका लागि ‘जानकी’ भन्दा उपयुक्त अन्य कुनै नाम नहुने दाबीसमेत गरिन् । जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दिनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरुलाई आपत्ति नहुने बताइन् ।

उनले मुख्यमन्त्री लालबाबु राउतले समेत प्रदेशमा छोरीहरुका लागि विभिन्न अभियान सञ्चालन गरेको र छोरीको अधिकारका कुरा गर्ने गरेकाले पनि लैंगिक हिसाबले समेत जानकी नाम सबैभन्दा बढी उचित हुने उनको भनाइ छ ।नेकपा एमाले विभाजन भई नेकपा एस गठन भएपछि एमाले र एसवीच कार्यगत एकता हुन सकेको थिएन ।

प्रदेश २ मा भने नेताहरुले सबै नेताहरुलाई सन्देश दिदै प्रदेशको नामाकरणको विषयमा एकताको सन्देश दिएका छन् ।

लुट्न सके लुट! वाग्मतीमा मुख्यमन्त्री पाण्डेको रमिता, जनता भोकै, नेताहरु मालामाल !  जनताहरु भोकै बस्न बाध्य भइरहेको अवस्थामा वागमती प्रदेशमा भने मुख्यमन्त्री राजेन्द्र पाण्डेले रमिता देखाएका छन् ।

एमालेको एकल सरकार ढालेर गठबन्धनको सरकार बनेसँगै जनताहरुका पीडादायक जीवन सुधार गर्न छोडेर नेता तथा सांसदहरु मालामाल हुने बाटोमा प्रदेश सरकार लागेको हो ।

मुख्यमन्त्री पाण्डेले १८ जनाको जम्बो मन्त्रिपरिषद बनाएका छन् । हाल मुख्यमन्त्री पाण्डेसहित ११ मन्त्री र एकजना राज्यमन्त्री छन् ।

आजै कांग्रेसबाट मन्त्रीमा मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र दिपेन्द्र श्रेष्ठले सपथग्रहण गर्दैछन् । मिलनबाबु चितवन, बलराम रसुवा र दिपेन्द्र काठमाडौंबाट प्रदेशसभा सदस्य छन् ।

त्यस्तै राज्यमन्त्रीमा नुवाकोटकी कल्पना नेपाली,भक्तपुरकी रजनी जोन्छे र मकवानपुरका सन्तबहादुर प्रजाले सपथग्रहण गर्दैछन् ।

सत्ता गठबन्धनमा भागबण्डा मिलाउन ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ भने राज्यमन्त्री समेत थपेर १८ जना मन्त्री बनाइँदैछन् । मन्त्रीहरूका लागि नयाँ गाडीसमेत खरिद गर्ने तयारी छ ।

कांग्रेस स्रोतले दिएको जानकारी अनुसार कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्रीमा दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल नियुक्त हुने भएका छन्।

त्यस्तैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र रजनी अमात्य जोन्छे उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्ने पक्का भएको छ। यसअघि कांग्रेसले ३ मन्त्री र दुई राज्यमन्त्री पाउने भनिएकोमा एकजना राज्यमन्त्री थपिने भएको हो।

मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन यसअघि नै आठ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्‍याएका थिए। हाल प्रदेशमा ११ मन्त्री र एकजना राज्यमन्त्रीसहित १२ जना सरकारमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!