Monday, September 26

मन्त्रिपरिषदको हाँस्यास्पद निर्णय : शनिबारको दिन दियो सार्वजनिक विदा

काठमाडौं, ९ पुस ।

नेपाल सरकारले एउटा हाँस्यास्पद निर्णय गरेको छ । शनिबार सार्वजनिक विदाको दिन सार्वजनिक विदा दिएसँगै मन्त्रीपरिषद्ले लज्जास्पद निर्णय गरेको हो ।

क्रिसमसको अवसरमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेपालमा शनिबार सार्वजनिक विदा भने हुँदै आएको छ ।

आज मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको हो ।

त्यस्तै बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।                                                                                                                                            स्थानीय तहको चुनाव वैशाखको १२ र २२ गते सक्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो ।

यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिए ।

‘निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ’ उनले भने, ‘यसमा क्याविनेटले डिसिजन गर्छ ।’

आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ । यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ ।

त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ । दोस्रो चरणको भने २०–२२ गते नै गर्न सकिने भनिएको छ ।

कम्तिमा एक साता ग्याप राखेर दुई चरणमा गर्ने आयोगको प्रस्ताव छ । ‘वैशाखको १२ र २२ गतेको बीचमा सक्नेगरी अगाडि बढेका छौँ’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!