Thursday, September 29

सार्वजनिक रुपमै जनार्दन शर्माको बेइजत गरिदिए सुरेन्द्र पाण्डेले !

काठमाण्डौँ ।

पूर्व अर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान अर्थमन्त्री जनार्दन शर्माको सार्वजनिक रुपमै बेइजत गरिदिएका छन् ।

अर्थमन्त्री शर्मालाई अर्थतन्त्रको बारेमा ज्ञाननै नभएका कारण देशको अर्थतन्त्रमै गम्भिर धक्का पुगेको भन्ने चर्चा व्यापक रुपमा भैरहेका बेला पूर्वअर्थमन्त्री पाण्डेले पनि निकै तल्लो स्तरको टिप्पणी शर्मा माथी गरेका छन् ।

पाण्डेले अहिलेका अर्थमन्त्री शर्मालाई जोड घटाउ समेत नआउँने भनेर तिखो टिप्पणी गरेका छन् ।

एक टेलिभिजनलाई दिएको अन्तर्वातामा पाण्डले शर्माका विषयमा निकै पेचिलो टिप्पणी गरेका छन् ।

बहालवाला अर्थमन्त्रीलाई जोड घटाउ समेत आउँदैन भनेर पूर्वअर्थमन्त्रीले टिप्पणी गरेको सम्भवत इतिहाँसमै यो पहिलो पटक हो ।

अहिलेको ४२ खर्ब रुपियाँ जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) रहेको अर्थतन्त्र दुई सय गुणा वृद्धि गर्छु भन्ने अर्थमन्त्री शर्माको दावी हास्यास्पद र असंभव हो भन्दै पाण्डेले भने, ‘उहाँले हाम्रो अर्थतन्त्रलाई दुई सय गुणा बढाउने कुरा गर्नुभएको मैले पढें ।

हाम्रो अहिलेको अर्थतन्त्र भनेको ४२ खर्बको हो । त्यसलाई दुई सय गुणा बढाउने भनेको आठ हजार चार सय खर्ब हो । यो कहिं मेल खाने कुरा हो र ? दुई गुणासम्म भनेको भए ८४ खर्ब हुन्थ्यो ।

दुई सय गुणा भन्दिनुभयो । हाम्रो अर्थतन्त्र त्यति धेरै लिकेज भएर, त्यति धेरै कमजोर भएर ४२ खर्बमा सीमित भएको भन्ने उहाँले जुन म्यासेज दिनुभयो, त्यो गलत हो ।’

अर्थमन्त्री शर्माको भनाईले आफूहरु पनि कन्फ्युज भएको पाण्डेले बताए । उनले भने, ‘हामी पनि हिजो अर्थमन्त्री भएको ।

हामीले पनि हिजो भन्न नजानेको हो कि रु ४२ खर्बलाई आठ हजार चार सय खर्ब पुर्याउन सकिने अवस्था त्यो बेलामा पनि थियो कि रु हामीले भन्नु पर्यो नि ।’

अहिलेको अर्थमन्त्री कति योग्य रु भन्ने कुराले उनले केही बोल्न चाहेनन् । साथै, पाण्डेले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको तर्क पनि अव्यवहारिक भएको बताए ।

बर्षमा दुई महिना विभिन्न कारणले काम हुन नसके पनि बाँकी १० महिनामा १०–१० प्रतिशतको दरले खर्च गर्ने कुरा हेर्दा अंकगणितमा सजिलो भए पनि त्यो सहज नरहेको मन्त्री शर्माको काम गराईबाट प्रष्ट हुने बताए ।

पाण्डेले चालु आर्थिक बर्षको पाँच महिनामा जम्मा पाँच प्रतिशत मात्रै खर्च भएको उदाहरण दिँदै गहिराईमा नगई शर्माले सतही टिप्पणी गर्ने काम गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!