Saturday, September 24

एमसीसी विवाद उत्कर्षतर्फ लम्किदै गर्दा चिनियाँ राजदूत यान्छी ओली निवास बालकोटमा

काठमाडाैँ।

मेलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विवाद नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेकी छिन ।

प्रमुख प्रतिपक्षी नेता समेत रहेका ओलीसँग यान्छीले करिब डेढ घण्टा छलफल गरेको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले पुष्टि गरेका छन ।

भट्टराईले यान्छी र पार्टी अध्यक्षको बीचमा समसामयिक विषयमा कुराकानी भएको बताए ।

यद्यपी उनले एमसीसीको विषयमा यान्छी र ओलीको बीचमा कुराकानी नभएको बताए ।

स्रोतका अनुसार एमाले अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि यान्छी ओलीलाई बधाइ दिन बालोकट पुगेकी हुन ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ ।

पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको नवौँ अधिवेशनका सबै बैठकमा पनि नाराबाजी गरेका थिए भने १०औँ अधिवेशनका चालु बैठक पनि अवरोध गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!