Friday, October 7

विश्वप्रकाशलाई देउवाले नै प्रकाशमान सिंहकहाँ पठाएको खुलासा, बाहिरियो यस्तो सूचना

काठमाडौं । अहिले देउवासमूहभित्र प्रकाशशरण महत र प्रदीप पौडेलको हारको विषयमा व्यापक छलफल हुन थालेको छ ।

आफूले सभापतिमा जित्नका लागि सिटौलालाई साथ लिएकाले देउवाले अरू कसैका लागि पनि खासमा ध्यान दिन नसकेको चर्चा चलेको छ ।

सभापति शेरबहादुर देउवा लाई विश्वप्रकाश शर्मासँग सल्लाह गरेर उनलाई प्रकाशमान सिंहकहाँ पठाएको आरोप लागेको छ । ‘

सभापतिको निर्वाचन दोस्रो चरणमा गएको खण्डमा प्रकाशमान सिंहको साथ चाहिँदा पनि विश्वप्रकाशले भूमिका देखाउन सक्ने अनुमान देउवाले गरेका थिए,’ कांग्रेसका नवनिर्वाचित एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले उनले नै शर्मालाई प्रकाशमान सिंहकहाँ पठाएका हुन् ।’

 

देउवाले आफू सभापतिमा निर्वाचित हुनका लागि आफ्नो समर्थनमा नेताहरू जुटाएका मात्र थिएनन्, आफूइतर पक्षमा पनि विभाजन ल्याउने प्रयास गरेका थिए । य

ही प्रयासस्वरूप देउवाले शर्मालाई प्रकाशमान सिंहकहाँ पठाएको र आफूले महामन्त्रीमा साथ दिने पनि बताएका थिए ।

‘देउवाको संकेतका कारण नै विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार भएका हुन्,’ कांग्रेसका ती नेताले भने, ‘अनि देउवाको संकेतका कारण नै उनीनिकट नेताहरूले विश्वप्रकाश शर्मालाई मत दिएका छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!