Sunday, October 2

विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्कासित

काठमाडौँ — विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् ।

मिश्रले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्‍याउने काम लगातार गरेको आरोप लगाएका छन् ।

विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार तपाईंसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण (च. सं. ५०१) माग गरिएको विदितै छ, ‘ पाण्डेमाथि गरिएको कारबाहीमा भनिएको छ, ‘पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टिकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।’

गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद रहँदै आएको थियो ।

मिश्रले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!