Wednesday, October 5

६ हजारभन्दा बढी कार्यकर्ता एमालेमा प्रबेश, कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदायो

कपिलवस्तु पुष ६

कपिलवस्तुका चर्चित नेता मंगलप्रसाद गुप्ता आफ्ना समूहसहित नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको हो।

गुप्तासहितका नवप्रवेसीहरूलाई एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ।

नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय छ ।

गुप्ता समुह प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ ।

एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेतारकार्यकर्तालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तुमा हुनुहुन्छ ।

जसपा त्यागेका गुप्ता भन्छन्– ‘क्षेत्र विकासको लागि एमाले रोजे’

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ताले आफ्नो क्षेत्र विकासका लागि नेकपा (एमाले)मा प्रवेश गरेको बताउनुभएको छ ।

नेकपा (एमाले) जिल्ला कार्यसमितिले कपिलवस्तुको बहादुरगंजमा गरेको आमसभामा सम्बोधन गर्दै नेता गुप्ताले गाउँ र क्षेत्रको विकासका लागि आफूले एमाले रोजेको बताउनुभयो ।

पार्टी प्रवेशसँगै अब आफ्नो क्षेत्रलाई नै एमालेमय बनाउने उहाँको भनाइ छ । गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।

नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय रहेका छन ।

गुप्ता समुह प्रवेशसँगै कपिलबस्तुमा एमाले पहिलो शक्तिको रुपमा उदाएको छ ।

देशभर एमाले प्रबेशको लहर चलेको छ । एमालेले अब फागनु महिनासम्म देशभर एमाले प्रबेश गर्ने अभियान नै संचालन गर्ने भएको छ । केही दिनमै बिरगंजमा एमालेको भव्य कार्यक्रम हुँदैछ ।

सो कार्यक्रममा पनि हजारौँ एमाले प्रबेश गर्ने योजना छ । एमाले अध्यक्ष ओलीले अब देशभर एमालेको पक्षमा माहोल बनाउन निर्देशन दिईसक्नुभएको छ ।

सो अवसरमा एमाले अध्यक्ष ओलीलाई भव्य रुपमा अभिनन्दन पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!