Thursday, October 6

मुसिकोटमा मध्यराती लघुवित्त कम्पनि सहित ३ कार्यालय र १ पसल ताेडफाेड गरी चाेरी

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा गएराती तोडफोड सहित करिब ५५ हजार नगद चोरी भएको छ ।

मुसिकोट नगरपालिका वडा नं.७ वामीटक्सार स्थित गोवि न्द सापकोटाको घरमा रहको  टेलर पसलमा भित्र रहेको भुड्की फोरेर करिब ७ हजार चोरी भएको बताइएको छ ।

त्यसैगरि Level up construction को कार्यालयबाट करिब ४० हजार नगद चोरी भएको व्यबस्थापक अर्जुन सापकोटाले बताउनु भयो । उक्त घरमा रहेको Infinity लघुबित्त बाट करिब ८ हजार नगद चोरी भएको बताइएको छ । भने सोही घरमै रहेकाे नेपाल टेलिकमको कार्यालयमा समेत तोडफाेड भएकाे ६ ।

घरका सबै ताला अत्यन्तै चलाखी पुर्वक काटिएको र तोडिएको छ। उक्त घरमा रहेको CCTV Camera सोही समयमा बन्द भएको पाइएको छ । यस प्रकारका घटना सामान्य मान्छेले घटाउन नसक्ने वामी प्रहरी चौकिका सही जनक थापाले बताउनुभएको छ ।

सही थापाले बजारबासी हरुलाइ साँझको समयमा अपरिचित तथा संकाश्पद  मान्छे देखिए अत्यन्तै चलाखिपुर्वक प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नुभएको छ । त्रसित नभई सबै सचेत बन्न वामी प्रहरी चाैकीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!